जंगली हात्तीले आक्रमण (भिडियो सहित )

           इटहरी,माघ १७ । जंगली हात्तीले आक्रमण गर्दा सुनसरी हरिपुर ३ की भोलियादेवी मुखियाको ज्यान गएको छ । बुधबार बिहान २ बजे हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै ज्यान गएको हो ।
हात्ती गाउँ पसेको थाहा पाएपछि त्यसलाई धपाउन घर बाहिर निस्कदा हात्तीले आक्रमण गरेको हो । ५५ वर्षीय मुखियाको हात्ती आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।  कोशी टप्पु बन्यजन्तु आरक्षणबाट गाउँ पसेका हात्तीले मान्छेलाई आक्रमण गर्ने गरेका छन् ।

Post a Comment

Previous Post Next Post