बेलायती सेनाको फेक आइडी बनाउदै केटी फसाउदै

विजय नेपाल, पोखरा, २४ पुस - आफूलाई बेलायती सेनाको लाहुरे हुँ भनी सिधा सादा युवतीलाई प्रलोभनमा पारी उनीहरुको अस्मितामाथि खेलवाड गर्नुका साथै लाखौ रुपैयाँ बराबरको गरगहना लुट्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजाको कोल्माका साजन घले भन्ने प्रेमबहादुर सुनार हुन् ।

साजन गुरुङ नामको नक्कली फेसबुक आइडी बनाएका सुनारले बेलायती सेनाले प्रयोग गर्ने डे«स लगाएको तस्वीर पोष्ट गरी आफू बेलायती सेनामा कार्यरत रहेको जनाउँदै सिधा सादा युवतीलाई विवाह गर्न चाहेको र विवाहपश्चात बेलायती जाने प्रलोभन पार्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ  ।

 उनले आफ्नो नक्कली फेसबुक आइडीमा कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक घर भई पोखरा उपमहानगरपालिका वडा नं. १० घलेचोक बस्दै आएको भनी उल्लेख गरेको जनाइएको छ ।

निज सुनारले कास्कीसहित स्याङजा, पर्वत, बुटवल र चितवनका युवतीहरुलाई आफ्नो नक्कली आइडीमार्फत आफुले विवाह गर्न चाहेको भन्दै उनीहरुको अस्मितामा खेलवाड गरी लाखौ रुपैयाँ बराबरको सुनका गरगहना लुटेको अनुसन्धानमा खुल्न आएको छ ।

 निजले आफ्नो संस्कारमा स्वयंवरमा माइती पक्षले गरगहना लगाउन मिल्दैन, गरगहना सबै घर पक्षबाट लगाउने हो भनी युवतीका सुनका गरगहना खोल्न लगाएर बेसहारा बनाइ आफूले लुट्ने गरेको कास्की प्रहरीले जनाएको छ । 
प्रहरीले सुनारमाथि मानव बेचबिखन तथा ओसार पसार मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान जारी रहेको जनाएको छ । 
डिसि नेपाल

Post a Comment

Previous Post Next Post