आगो ताप्ने क्रममा जलेर एक युवति घाइते

आगो ताप्ने क्रममा जलेर एक युवति घाइते


चितवन,माघ १७ । आगो ताप्ने क्रममा आफ्नै शरिरमा आगो सल्कीँदा एक युवति घाइते भएकी छन् । पुर्वी चितवनको पदमपुर ८ घर भएकी २२ वर्षिया युवती कौशिला परियार आगोले जलेर घाइते भएकी हुन् । राती पौने २ बजेको समयमा गैंडाकोट ५ स्थित विष्णु प्रसाद उपाध्यायको घर बाहिर आगो ताप्ने क्रममा आफ्नै शरिरमा आगो सल्किदा परियार घाइते भएकी हुन् । घाइते परियारको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । केही दिन देखि घर छोडेर परियार गैडाकोटमा बेवारिसे अवस्थामा बस्दै आएको गैंडाकोट प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post