वैंश त यस्तो होस् फूलले तिमीसित सापट मागोस्

(एक) गजल
वैंश त यस्तो होस् फूलले तिमीसित सापट मागोस्, 
 पूर्णिमाको जून पनि लाज मानी टाढा कतै भागोस्, 
छ्यौ तिमी पनि त्यस्तै र त मनमा अनेक कुरा खेल्छन्, 
सोचें मैल नि सोच्न हुने नहुने,
लागे बरु पापै लागोस् ! 
(दुई)
तिम्रो मनलाई धुँदा धुँदा धोवी भएँ म,
आफ्नै मनलाई नपखाल्दा रोगी भएँ म,
उपचारमा धाएँ धेरै
तिम्रो दिलको क्लिनिक धाउँदा धाउँदा
आज हेर जोगी भएँ म !

1 Comments

Previous Post Next Post