ब्यारेकबाट निस्केर सैनिकले अकारण गाउँले कुटे

ब्यारेकबाट निस्केर सैनिकले अकारण गाउँले कुटे




ब्यारेकबाट निस्केर सैनिकले अकारण गाउँले कुटे


-Bishnu lamsal Ismaran
काठमाडौं, १७ माघ । सुन्दरीजलस्थित सिंहनाथ गण सैनिक ब्यारेकका सैनिकले स्थानीयवासीलाई कुटपिट गर्दा एक प्रहरीसहित १७ जनाभन्दा धेरै घाइते भएका छन् । रक्सीले मात्तिएका चारजना सैनिकले भट्टी पसलेको पैसा तिर्न नमानेपछि सुरु भएको विवाद कुटपिटमा बदलिएको हो ।
कुटपिटका कारण महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका सई लीलाराज श्रेष्ठसहित १७ भन्दा धेरै घाइते भएका छन् । घाइतेको जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । झगडाको सुरुआत विमल श्रेष्ठको भट्टी पसलबाट भएको हो ।
स्थानीय माधव पराजुलीका अनुसार गणका चारजना जवान सदाभैँm मंगलबार पनि विमलको भट्टी पसलमा रक्सी पिउन पुगेका थिए । पाँच बजे नै भट्टी छिरेका चारै जनाले जानासाथ रक्सी पिउन थाले । सुरुमा राम्रै व्यवहार देखाएपनि रक्सीले मात्दै गएपछि अश्लील शब्द बोल्न सुरु गरेको पराजुलीले बताए । भट्टीमा आएका अन्य ग्राहकलाई पनि धम्क्याउन सुरु गरेका उनीहरूले भट्टी पसल्नीतर्फ संकेत गर्दै अश्लील हाउभाउ गर्न लागे ।
अति भएपछि भट्टी पसलेले उनीहरूलाई जान अनुरोध गरे । निक्कै बेरको आग्रहपछि भट्टीबाट निस्किए तर पैसा भने तिर्न मानेनन् । पैसा माग्दा उल्टै थर्काउन लागे । पसले र उनीहरूबीच केही बेर भनाभन भयो । भट्टीमा स्थानीयको भिड लाग्न थालेपछि ‘तिमीहरूलाई देखाइदिन्छु’ भन्दै चारजना ब्यारेकभित्र छिरे ।
केही समयपछि ब्यारेकबाट सेनाको हुल नै निस्कियो । सैनिकहरू गाउँलेमाथि अन्धाधुन्द कुटपिटमा उत्रिए । स्थानीय पराजुलीले भने, ‘ब्यारेकबाट निस्किएका सेना गाउँ पसे, भेटे जति सबैलाई कुटपिट गरे, त्यसमध्ये एक परिवारका त सबै घाइते भएका छन् ।’
सेना एक्कासी कुटपिटमा उत्रिएपछि स्थानीयवासीबीच ज्यान जोगाउन भागभाग मच्चिएको थियो । पराजुलीले भने, ‘कुट्न नपाएको झोकमा सैनिकहरूले पसलका सामग्रीसमेत अन्धाधुन्ध तबरले मिल्काउन सुरु गरे ।’
ब्यारेकबाट बहिरएका सैनिकले गाउँले कुटपिट गरेपछि रोक्न पुगेका प्रहरीलाई समेत उनीहरूले कुटपिट गरेका थिए । कुटपिटबाट सई श्रेष्ठ घाइते भएका हुन् । महानगरीय प्रहरी प्रभाग बौद्धका डिएसपी मनोज केसीका अनुसार श्रेष्ठको अनुहारमा चोट लागेको छ । उनले भने, ‘सैनिक कुटपिटमा उत्रिएका छन्, किन यस्तो भयो बुझ्न सकिएको छैन, अनुसन्धानपछि मात्रै सम्पूर्ण विवरण भन्न सकिएला ।’
पराजुलीका अनुसार सुन्दरीजलका स्थानीय सैनिक ज्यादति भएको भन्दै मंगलबार बेलुका सडकमा

Post a Comment

Previous Post Next Post