मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ. ! नेपाली गजल तथा सायरीहरु - Ghajal Sayari







मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ.
 तमासा म बन्दा ताली बजाउने तिमी नै हौ ..

आफ्नै निर्दोष विश्वासको नीलामीमा सड़क मांझ
नाच्न विवश पार्दै चांप बंधाउने तिमी नै हौ..

मेरो चोखो समर्पण र भावनाको चिता माथी.
आफ्नो सपनाको महल बसाउने तिमी नै हौ..

Post a Comment

Previous Post Next Post