यौन स्वास्थ्य सम्बन्धी १० फाइदाहरू


मानव यौन प्राणी हो । किशोरावस्थामा प्रवेश गरिसकेपछि यौन चाहना हुनु स्वभाविक मानिन्छ जुन स्वास्थ्यको लागि आवश्यक पनि छ । यौनलाई व्यवस्थित गरी सुरक्षित यौनसम्पर्क राख्न सक्यो भने यसले मानिसलाई स्वस्थ रहन सहयोग पु¥याउँछ । यसै सन्दर्भमा यौनका स्वास्थ्य सम्बन्धी १० फाइदाहरूलाई तल उल्लेख गरिएको छ । 
१. यौनसम्पर्कले तनावमक्त राख्दछ ।
सरक्षित यौन सम्पर्ककले मानिसको यौन रक्तचाप सामान्य राख्दछ । अनुसन्धानकर्ताहरू प्रतिवेदन अनुसार यौनसम्पर्क राख्ने व्यक्तिहरूले अन्य व्यक्तिहरूको तुलनामा राम्रोसगँ तनाब व्यवस्थापन गर्दछन् ।
२. प्रतिरोधात्मक क्षमताको अभिवृद्धि
असल यौन स्वास्थ्य आफैमा उत्तम शारीरिक स्वास्थ्य मानिन्छ । विभिन्न अनुसन्धानहरूमा उल्लेख भए अनुसार, हप्तामा २ पटक भन्दा वढी यौन सम्पर्क राख्ने व्यक्तिको तुलनामा कम अथवा यौन सम्पर्क नराख्ने व्यक्तिहरूमा चिसो तथा अन्य संक्रमण छिटो हुने देखिएको छ ।
३. क्यालोरीको खपत
यौन सम्पर्कलाई शारीरिक अभ्यास ९भ्हभचअष्कभ० को राम्रो तरिका मानिन्छ । यौन सम्पर्कको बेलामा मानसिक र शारीरिक दबै अभ्यास हुने हुदाँ प्रशस्त क्यालोरीको खपत हुने गर्दछ ।
४. ह्रदय रोगमा सुधार
अनुसन्धानकर्ताहरूका अनुसार, हप्तामा दुइ वा दुइ पटक भन्दा बढी यौन सम्पर्क राख्ने व्यक्तिहरूमा ह्रदयघात हुने समस्या हराएर जान्छ ।
५. आत्मनिर्भरता बढ्छ
आत्मनिर्भरता असल यौनसम्पर्कबाट बढ्न जाने हुन्छ । विभिन्न खोजीहरूमा उल्लेख गरिएअनुसार आत्मनिर्भर व्यक्तिले जीवनमा यौनसम्पर्क राखेको हुन्छ ।
६. सम्बन्धमा सुधार
असल तथा सुरक्षित यौनसम्पर्क पश्चात यौनजोडीहरू बीचको सम्बन्धमा सुधार हुन गई पारस्पारिक विश्वास बढ्न जान्छ ।
७. यौन सम्पर्कले पिडाबाट मुक्ति दिलाउँछ ।
यौन सम्पर्कसँगै शारीरिक पीडा घट्न जाने हुन्छ ।
८. यौन सम्पर्कले प्रोस्टेट क्यानसर को खतरा घटाउँछ
प्रायः २०–३० उमेर सम्मका पुरूष वर्गले हप्ताको ४–५ पटक विर्यस्खलन गर्दा प्रोस्टेट क्यानसरको खतरा घट्ने हुन्छ ।
९.मांशपेशी मजबुत राख्दछ ।
यौन सम्पर्कका कारण पेल्भिक मांशपेशी को राम्रो अभ्यास हुन गई महिलाहरूले आनन्द प्राप्त गर्नुको साथै उक्त मांशपेशी मजबुत हुन्छ जसले गर्दा कम संक्रमण हुने गर्दछ ।
१०. निद्रा पर्छ ।
असल यौन सम्पर्कले निद्रा बढाउँछ र स्वस्थ राख्दछ ।

Post a Comment

Previous Post Next Post