जर्मनी बिजयी गोल्डेन बल मेस्सी गोल्डेन बुट रोड्रिग्वेज

बिस्वकप २०१४ को अर्जेन्टिना र जर्मनी बीच भएको  फाइनल खेल फिफा २०१४ को च्याम्पिएन अथवा   बिजेता जर्मनी भएको छ।

अर्जेन्टिनाका लिओनल मेस्सी विश्वकप फुटबलमा को उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जित्न सफल भएका छन्।गोल्डेन बलका लागि मुलर, रोड्रिग्वेज, रोबिन, नेयमारसहित १० खेलाडी मनोनयनमा परेका थिए । अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याएका मेस्सी उत्कृष्ट घोषित बने । उनले समूह चरणमा चार गोल गरेका थिए ।

कोलम्बियाका जेम्स रोड्रिग्वेजले भने पहिलो विश्वकपमा नै सवार्धिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन् । उनले पाँच खेलमा ६ गोल गरेका थिए । उनले जर्मनीका थोमस मुलर, अर्जेन्टिनाका लिओनल मेस्सी र ब्राजिलका नेयमारलाई पछि पारे । मुलरले ५ तथा मेस्सी र नेयमारले ४ र ४ गोल गरेका छन्।


 जर्मन गोलरक्षक नुयुरले गोल्डेन ग्लोब जितेका छन् । . .
 प्रतियोगिताभर उनको प्रदर्शन उत्कृष्ट थियो । उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोब जित्ने क्रममा उनले अर्जेन्टिनाका रोमेरो र कोष्टारिकाका नाभासलाई पछि पारे।  

Post a Comment

Previous Post Next Post