इबोला भाइरस के हो जानकारी लिनुहोस् | भिडियो सहित

इबोला जातका विभिन्न पाँच प्रकारका भाइरसको आक्रमणबाट लाग्ने इबोला रोग लाई रक्तश्राव ज्वरो समेत भनिन्छ । यो भाइरसको आक्रमणपछि रोगीको सरीरका आन्तरिक अंग तथा बाह्य भागमा समेत अनियन्त्रित रुपमा रक्तश्राव हुने भएकाले यसलाई रगत बग्ने ज्वरो भनिएको हो । पश्चिम अफ्रिकाका विभिन्न देशमा अहिले महामारीकै रुपमा रहेको इबोला रोगका कारण विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय स्वास्थ्य संकटकाल समेत घोषणा गरिसकेको छ । सन् १९७६ मा पहिलोपटक सुडानको नजरा र कंगोको याम्बुकुमा मानिसमा महामारीकै रुपमा देखा परेेको यो भाइरसको नाम इबोला रहनुका कारण कंगोको याम्बुकु गाउँ इबोला नदीको किनारमा रहेकाले हो । इबोला निकै प्राणघातक रोग हो र भाइरसको संक्रमण भैसकेपछि ५० देखि ९० प्रतिशत सम्मको रोगीको मृत्यु हुने गरेको छ ।



Post a Comment

Previous Post Next Post