जनवरी २३ तारिख अक्षय कुमारको लागि तनाव


मुम्बई– तपाईं सोचिरहनुभएको होला कि आखिर अक्षय कुमारको जिन्दगीमा जनवरी २३ तारिखको दिन त्यस्तो के हुँदैछ जसले उनलाई तनावमा पार्नेछ । वास्तवमा उक्त दिन अक्षयको दुईवटा फिल्म एकैपटक रिलिज हुने तयारीमा छ । यदि यसो भएमा दुबै फिल्मका निर्माताहरुले घाटा व्यवहोर्नु त पर्छ नै अक्षय पनि दुईवटा फिल्मको बिचमा झुण्डिनेछन् । खबरका अनुसार अक्षय कुमारका दुई फिल्म ‘गब्बर’ र ‘बेबी’ एकै पटक २३ जनवरी, २०१५ मा रिलिज हुँदै छ । खबर यो पनि छ कि यी दुबै फिल्मका निर्माताहरु कुनै पनि हालतमा २३ जनवरीमा नै आफ्नो–आफ्नो फिल्म रिलिज गर्न कम्मर कसिरहेका छन् । यस्तो भएमा अक्षयले आफ्ना दुबै फिल्मको एकैपटक प्रोमोट गर्नेछन् किनभने कुनै एक फिल्मको मात्र प्रोमोट गरेमा अर्को फिल्मको निर्माता–निर्देशक उनीसँग पक्कै रिसाउनेछन् । सूत्रका अनुसार, बेबीका निर्माता आफ्नो फिल्म अरु कुनै फिल्मसँग रिलिज गर्न चाहँदैनन् जसका कारण उनले गब्बरका निर्माता सञ्जय लिला भंसालीलाई फिल्म रिलिज गर्ने मिति केहि पर सार्न आग्रह गरेका छन् । तर भंसाली यसो गर्ने मुडमा नदेखिएको खबरमा उल्लेख गरिएको छ । भंसालीबाट अहिलेसम्म यस बारेमा केहि पनि प्रतिक्रिया पाइएको छैन तर बेबीका सह–निर्माता कम्पनी टी सिरिजका अधिकारीहरुले आफ्नो फिल्म २३ जनवरीमा नै रिलिज गर्ने कुरा पुष्टि गरेका छन् । (एजेन्सी) -

Post a Comment

Previous Post Next Post