ओठ फुट्ने समस्याको घरेलु उपचार तथा समाधान

जाडोमा ओठ फुट्नु सामान्य समस्या हो । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिले कम तेल निकाल्छ । त्यसैले फुट्छ ।
जाडोको समयमा सुक्खा धुलो उड्ने भएका कारणले पनि बढी ओठ फुट्छ । ओठ फुट्दा केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्यसमेत बिगार्छ । ओठ फुटेपछि घाउ छुन मन लागिरहने वा जिब्रोले चलाइरहन मन लाग्छ यसले गर्दा अझ बढी फुट्छ । ओठ फुट्नबाट जोगाउन केही उपाय अवलम्बन गर्न सकिन्छ । चिसो मौसममा बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सुतीको कपडाले हल्का पुछेर निस्कने ।
राति सुत्दा ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्न कम हुन्छ । सुत्ने वेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्दा पनि हुन्छ । शरीरमा पानीको मात्रामा कमी हुँदा पनि ओठ, गाला, हात, खुट्टा फुट्न सक्छन् ।
त्यसैले गर्मी र जाडो दुवै मौसममा पानी पर्याप्त पिउनुपर्छ । ओठ फुट्दा धेरैले बारम्बार जिब्रोले चाट्छन् । यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ, तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुक्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छालावरिपरि कालो हुन जान्छ । त्यसैले ओठ फुटेको छ भने जिब्रोले नचलाउनुहोस्

Post a Comment

Previous Post Next Post