I LOVE YOU.

म अंग्रेजी जान्दिन
तर पनि म
तिमीलाई भन्न सक्छु I LOVE YOU.

म भूगोल जान्दिन
तर पनि म
तिमीलाई भन्न सक्छु "तिमि मेरो मुटुमा बस्छौ"

म इतिहास जान्दिन
तर पनि म
तिमीलाई पहिलो पटक देखेको सम्झिन सक्छु

म रसाइनशास्त्र जान्दिन
तर पनि म
तिम्रो मुस्कानको प्रतिक्रिया भन्न सक्छु

म भौतिक बिज्ञान जान्दिन
तर पनि म
तिमीलाई देखेर मेरा आँखाहरु बाट निस्कने चमक को घनत्व बताउन सक्छु

म कुनै बिषयहरु पनि जान्दिन
तर पनि म यति भन्न सक्छु कि
म सबै बिषयहरु पास गर्न सक्छु
यदि मेरो शिर्षक "तिमि " भयौ भने ** प्रिया ***

Post a Comment

Previous Post Next Post