सलमान खानलाई १० वर्ष जेल हुनसक्ने हर्नु होस भिडियो सहित


मुम्बई, माघ १९ (एजेन्सी) - ११ वर्षअघि गाडीले मान्छे किचेको मुद्दामा महाराष्ट्रको एउटा म्याजिस्ट्रेट अदालतले गरेको फैसलाले बलिउड हिरो सलमान खानलाई समस्यामा पार्ने भएको छ। दोषी ठहर भएमा अब उनलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ। यसअघि उनलाई अधिकतम दुई वर्षको मात्रै सजाय हुने लापरवाहीपूर्वक गाडी चलाएको धारा अनुसार मुद्दा चलाइएको थियो। अब उनलाई गैर इरातदन (जानाजान अथवा नियोजित हत्या हैन) हत्याको अभियोगमा मुद्दाको कारबाही चलाइनेछ। महाराष्ट्र सरकारले यस्तो मुद्दा चलाउन पाउँ भनी गरेको आवेदनलाई अदालतले बिहीबार स्वीकार गरेको थियो।
लापरवाहीपूर्वक गाडी चलाएको आरोपभन्दा यो गम्भीर भएकोले अब यो मुद्दाको कारबाही सत्र अदालतले गर्नेछ। सलमान अब ११ फेब्रुअरीमा सत्र अदालतमा उपस्थित हुनुपर्नेछ।
सन् २००२ को सेप्टेम्बर २८ मा सलमान खानको टोयोटा ल्यान्ड क्रुजर बान्द्राको एउटा बेकरीमा ठोक्किएको थियो। घटनामा एक जनाको मृत्यु भएको थियो भने चार घाइते थिए। गाडी सलमान खानले नै चलाइरहेको आरोप लगाइएको छ। तर सलमान आरोप अस्वीकार गर्छन्।
म्याजिस्ट्रेट अदालतको फैसलालाई सलमान खानले उच्च अदालतमा चुनौति दिने भएका छन्।



  हर्नु होस भिडियो सहित






Post a Comment

Previous Post Next Post