लोडसेडिङ दिनमा दुई घण्टाले घट्यो (तालिकासहित)

लोडसेडिङ दिनमा दुई घण्टाले घट्यो (तालिकासहित) माघ १९ - नेपाल विद्युत प्राधिकरणले आउँदो आइतवारदेखि घोषित रुपमै लोडसेडिङ दिनमा दुई घण्टाले कम गर्ने भएको छ ।

प्राधिकरणले आउँदो आइतवारदेखि दैनिक १२ घण्टा लोडसेडिङ हुने तालिका शुक्रवार सार्वजनिक गरेको छ ।
अहिले दैनिक १४ घण्टा लोडसेडिङ हुँदै आएको छ । भारतबाट विद्युत आयातमा सुधार आएको र सुर्यास्तको समय परिवर्तन भएकाले लोडसेडिङ दिनमा दुई घण्टाले कम गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अघोषित रुपमा माघ १० गतेदेखिनै लोडसेडिङ कम गरेको दावी गर्दै आएपनि आइतवारदेखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।

Post a Comment

Previous Post Next Post