‘चुल्ठेमुन्द्रे’हरुको आज प्रदर्शन, सर्वोच्चमा मुद्दा पनि हाल्ने

‘चुल्ठेमुन्द्रे’हरुको आज प्रदर्शन, सर्वोच्चमा मुद्दा पनि हाल्ने

लामो कपाल पाल्ने र कानमा मुन्द्रा लगाउनेहरुलाई ‘चुल्ठेमुन्द्रे’ भन्दै गएको सोमबार र मंगलबार राजधानीमा हजारभन्दा बढी युवकलाई प्रहरीले नियन्त्रणमा लिँदै कपाल काटिदियो, मुन्द्रा नि फुकालिदियो। कानुनको पालना गर्ने शपथ खाएकाहरुले निर्दोषलाई बित्थामा पक्रेर दुःख दिए। कपाल कत्रो पाल्ने र कानमा मुन्द्रा लगाउने/नलगाउनेबारे कुनै पनि कानुनले केही भनेको छैन। लहडको भरमा प्रहरीले कानुन हातमा लिएर गरेको कार्यको अनलाइनमा व्यापक विरोध भयो। अब यही विरोध सडकमा पनि पोखिने भएको छ। आज शनिबार यी ‘चुल्ठेमुन्द्रे’हरु र उनीहरुको समर्थनमा अरुहरुले वसन्तपुरमा बिहान १० बजेदेखि १२ बजेसम्म विरोध प्रदर्शन गर्दैछन्। यस्तो गैरकानुनी आदेश कसले दियो भन्ने बारे जानकारी माग्न सूचना माग्न पाउने अधिकारको प्रयोग गर्दै उनीहरुले विवरण माग्ने भएका
छन् र सर्वोच्चमा रिट पनि दर्ता गर्दैछन्। गैरकानुनी काम भएकोले सर्वोच्चले यस्तो नगर्नू भन्ने फैसला गर्ने नै छ। यस्तो फैसलाभन्दा पनि हिरो भइटोपल्न यस्तो वाहियात आदेश कसले दियो भन्ने बारे जानकारी
सूचनाको हक अन्तर्गत लडेर लिएर सार्वजनिक गराउँदै उसलाई माफी माग्न बाध्य पार्न सके यो प्रदर्शन सार्थक हुनेछ र भविष्यमा यस्तो काम नदोहोरिने आशा गर्न सकिन्छ।

स्केच साभार र कार्यक्रम बारे थप जानकारी
सो समूहले जारी गरेको प्रेस विज्ञप्ति जस्ताको तस्तै कानूनी शासनको प्रत्याभूती र दण्डहीनता र ज्यादतीको अन्त्यको माग गर्दै आफ्नो अधिकारहरूप्रति सचेत नागरिकहरूले भोली शनिवार, १९ फागून २०६९ का दिन बसन्तपूर डबलीमा १० बजे शान्तिपूर्वक विरोध प्रदर्शन गर्नेछन्।
यस विरोधको उद्देश्य नेपाल प्रहरीद्वारा हाम्रा नागरिक एवं मानव अधिकारको निरन्तर हनन गरिएको कार्यको विरोध हो। यस घटनाक्रममा सबैभन्दा पछिल्लो घटना १४ फागून २०६९ का दिन लामो कपाल पालेका हुनाले वा उनीहरूका शरिरमा ट्याट्टु खोपेका कारणले मात्र नेपाल प्रहरीले ७११ नागरिकहरूलाई विभिन्न तवरमा (रान्डम तरिकाले) पक्राउ गरे। यी व्यक्तिहरू कुनै पनि आपराधिक क्रियाकलापमा संलग्न थिएनन्। नेपाल प्रहरीका यस्ता कार्यको कुनै पनि कानूनी अधिकार छैन र यसले नागरिकहरूको आफ्नो शरिरमाथिको अधिकार जस्तो सामान्य मानवअधिकारको पनि हनन भएको छ। नेपाल प्रहरी तथा धेरै संचार माध्यमहरूले लामो कपाल भएका वा ट्याट्टु खोपेका व्यक्तिहरूलाई “गुण्डाहरू”, “चोरहरू”, र “असामाजिक तत्व” जस्ता पूर्वाग्रही शब्दहरूको प्रयोग गरिएको छ जसको कुनै पनि कानूनी वा तार्किक आधार छैन, र यस्ता कारवाहीहरू बन्द हुनैपर्छ।
वसन्तपूरको डबलीमा १०-१२ बजेसम्म हुने यस शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजनाको उद्देश्य भनेको नेपाल प्रहरीको ज्यादतीबाट पीडित भएका व्यक्तिहरूप्रति एक्यबद्दता जनाउने, तथा नेपाल प्रहरीले आफूद्वारा गरिएको गैरकानूनी कारवाहीको लागि माफी माग्नु पर्दछ भन्ने माग पनि गर्दछ। यस विरोध कार्यक्रममा गितहरू गाइनेछ, नागरिक अधिकारहरू तथा प्रक्रियाहरू, र नेपाल प्रहरीले नागरिकहरूको विरूद्द नियतवश गरिने दुर्व्यवहारको बारेमा छलफल गरिनेछ। चेत नागरिकहरूको एक समूहले १४ फागून २०६९ का घटनामा आधारित भएर नागरिकहरूको सूचना प्रतिको अधिकारलाई प्रयोग गर्दै उक्त व्यक्तिहरूमाथि भएको ज्यादतीपूर्ण व्यवहारलाई नेपाल प्रहरीले उक्त आदेश गरिएको आधार, निर्णय मिती र आदेश दिने व्यक्तिको बारेमा जानकारी माग्नेछ। सोही समूहले उक्त विषयमा सर्वोच्च अदालतमा सार्वजनिक मुद्दा पनि दायर गर्नेछ।
हामीलाई समर्थन गर्नुहुने सबै सचेत नागरिकहरूलाई शनिबार, बसन्तपूर डबलीमा १० बजे उपस्थित हुन आव्हान गर्नुकासाथसाथै संचारकर्मीहरूलाई पनि उपस्थितिको लागि निमन्त्रण गर्दछौं
Bishnu lamsal

Post a Comment

Previous Post Next Post