चीन र अमेरिकामा रहेको वैज्ञानिकहरुको समूह अत्याधुनिक सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) प्रयोग गरेर मष्तिष्कका कोषबीच अन्तरग्रन्थी सम्बन्धको प्रत्यक्षदर्शी बनेका छन्।
साइन्स जर्नलमा प्रकाशित उनीहरुको अध्ययनले सघन तालिमले पनि अपुरो निद्राको पूर्ति गर्न नसकेको देखाएको छ।
विशेषज्ञहरुले भनेका छन् यो शानदार र महत्वपूर्ण अध्ययन हो जसले स्मरणशक्तिको प्रक्रिया बाहिर ल्याइदिएको छ।
भूमिका :
निन्द्राले स्मरणशक्ति र सिकाइमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने थाहा भएकै कुरा हो। तर मस्तिष्कमा वास्तवमा के हुन्छ र निद्रा महत्वपूर्ण हुन्छ भन्ने कुरा विवादको विषय रहँदै आएको छ। न्यूयोर्क विश्वविद्यालयको स्कूल अफ मेडिसिन र पेकिङ विश्वविद्यालयको शेनजेन ग्रयाजुएट स्कूलका अनुसन्धानकर्ताहरुले घुमिरहेको रडमा हिँडन मुसाहरुलाई नयाँ तालिम दिने क्रमलाई आधार बनाएर यो प्रक्रिया पत्ता लगाएका हुन्।
लगातार पढिरहनु भन्दा पढेर गहिरो निन्द्रा सुत्नाले पढेको कुरा लामो समयसम्म संझना हुन सक्छ ती जनावरहरु सुतिरहेका बेला र तिनलाई निन्द्रा कम भएका बेला अनुसन्धानकर्ताहरुले जिउँदो मस्तिष्कको भित्री भागमा माइक्रोस्कोप मार्फत हेरेका थिए।
"हामीले सोच्यौं निद्राले सहयोग पुर्याउँछ तर त्यो अरु कारणले पनि हुन सक्थ्यो। र हामीले देखायौं यसले साँचिकै सहयोग पुर्याउँछ। सुतेका बेलामा पनि मस्तिष्क शान्त हुँदैन उसले दिनभर भएका घटना पुनरावृत्ति गरिरहन्छ र जुन न्यूरोनहरुबीच नयाँ सम्पर्क बनाउन निकै महत्वपूर्ण हुन्छ"वेन बियाओ गान, प्रोफेशर, न्यू योर्क विश्वविद्यालय
नयाँ सम्बन्ध :
उनीहरुको अध्ययनले देखाएको छ, पुरा सुतेका मुसाहरुको स्नायू (न्यूरोन)हरुबीच नयाँ अन्तरसम्बन्ध विकसित भयो र उनीहरुले तालिमको कुरा झन बढि सिकिरहेका थिए।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhainNkRr-H4EKm7xfRv9n19y1Enc6YwV_0BPR7MMthnkWJUeoW-t47HdKt02i576rn8SYqdgSuYaRB2FJStC2U37asdAOOvmpUYgwwaZHxGiL3631iyjw8V7DERAar6iWscSuGTfN299M/s1600-rw/Deep_sleep.jpeg)
न्यूयोर्क विश्वविद्यालयका प्रोफेशर वेन बियाओ गानले बीबीसीलाई भने, "निद्राले न्यूरोनहरुबीच नयाँ सम्बन्ध प्रबर्द्धन गर्छ भन्ने नयाँ कुरा हो यो यसअघि अरु कसैलाई थाहा थिएन।
"हामीले सोच्यौं निद्राले सहयोग पुर्याउँछ तर त्यो अरु कारणले पनि हुन सक्थ्यो। र हामीले देखायौं यसले साँचिकै सहयोग पुर्याउँछ। सुतेका बेलामा पनि मस्तिष्क शान्त हुँदैन उसले दिनभर भएका घटना पुनरावृत्ति गरिरहन्छ र जुन न्यूरोनहरुबीच नयाँ सम्पर्क बनाउन निकै महत्वपूर्ण हुन्छ।"
तुलना :![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiOpAir_Y49Q8SYiWxQWLxIMDk7jys4Esd8A8b1BwDCdS9G6unHK5pseMIFGsYzhtQMNqNQEHq-QxvAA0RSR-F0Wk_ODmom6-lzN2kg7dVy3nqO8329CE4kBnPEZCRqzClYTMaLTYVeq8g/s1600-rw/deep-sleep.jpg)
अध्ययनमा एकघन्टा तालिम गरेर सुतेका मुसाहरुको मस्तिष्कको गतिविधिलाई तीनघन्टा लामो सघन तालिम गरेर कम सुतेका मुसाहरुको मस्तिष्कको गतिविधिसंग तुलना गरिएको थियो। सुत्दा स्मरणशक्तिलाई सीधा फाइदा हुन्छ भन्ने प्रक्रिया बैज्ञानिकहरुले प्रमाणित गरेका छन्। यो बेला पनि फरक प्रष्ट देखिन्थ्यो : सुतेका मुसाहरुले राम्रो गरेका थिए र उनीहरुको मस्तिष्कले नयाँ सम्बन्ध बनाएको देखियो। प्रोफेशर गानले भने यसको प्रभाव विद्यार्थीहरुमा हुनसक्छ। उनले भने, "यदि तिमी केहि कुरा लामो समयका लागि सम्झिरहन चाहन्छौ भने तिमीलाइ न्यूरोनहरुबीचको यो सम्बन्ध आवश्यक हुन्छ।"
राम्रो निन्द्रा :
त्यसैकारण संभवत: धेरै बेर पढिरहनुभन्दा पढ्ने र राम्रो निन्द्रा सुत्नु उपयुक्त हो। युनिभर्सिटी अफ सरेकी डा राफेले विन्स्की समररले भनिन्, "यो असाध्यै प्रभावशाली राम्ररी वर्णन गरिएको उपलब्ध उच्च प्रविधिको
प्रयोग गरेर स्मरणशक्तिको प्रक्रिया देखाइएको प्रभावशाली अध्ययन हो।" "यसले दिनमा हुने अनुभवलाई कसरी मस्तिष्कले वहन गर्छ भन्ने कोषहरुबीचको प्रक्रिया देखाएर प्रमाणित गरिएको छ। वास्तवमा यो अध्ययनले निन्द्राले न्यूरोनहरुबीचको नयाँ सम्बन्ध विकास गर्ने भएकाले निद्रा बचाउनु भनेको छ।"
Tags:
Health