रोनाल्डो सौराहामा देखियो

चितवन।ब्राजिलमा विश्वकप फुटबलको बीसौं संस्करण सुरु हुन केही घन्टामात्र बाँकी छ ।यस्तो बेला ब्राजिलका फुटबल स्टार रोनाल्डो चितवनको सौराहामा हुने कुरै भएन ।
पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि सौराहा आएका छैनन् तर एउटा रोनाल्डो गत शनिबारदेखि मायाको खोजीमा यहाँ भौतारिरहेको छ । यो रोनाल्डो कुनै स्टार फुटबलर नभएर चितवन राष्ट्रिय निकुन्जभित्र बस्दै आएको जंगली मता (भाले हात्ती) भएको आजको अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ ।
 राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तिसारमा मंगलबार रातभर यौनक्रिडाका लागि रोनाल्डो कुरिरह्यो । हात्तीसरमा कोलार फेन्स लगाएर विद्युत प्रवाह गरिएकाले रोनाल्डो भित्र छिर्न नसक्दा उसको इच्छा भने पुरा हुन सकेन । कोषका कर्मचारी दीपक श्रीवास्तवले शनिबारदेखि रोनाल्डो सौराहा क्षेत्रमा देखिएको जानकारी दिए । निकुन्जका पशुचिकित्सक कमल गैरे सामान्यतया अहिले हात्तीको प्रजनन समय नभए पनि रोनाल्डोलाई यौनको मात चढेको बताउँछन् । सौराहामा निकुन्ज र कोषको एक एक वटा हात्तीसार छ । दुबैमा गरी आधा दर्जन ढोइ छन् ।

Post a Comment

Previous Post Next Post